काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने बताइरहेका बेला सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारमा भएको छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन्। छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल भइरहेको बताइएको छ।
छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छन्। सत्ता समीकरण बदलिएर नयाँ सरकार बनेपछि सभामुखले प्रमुख सचेतकहरूसँग गरेको यो पहिलो छलफल हो।
2024-07-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार