Listen LIVE

पाकिस्तानमा वर्षाका कारण जुलाईमा मात्रै ९९ जनाको मृत्यु

काठमाण्डौ : पाकिस्तानमा जुलाईमा वर्षाका कारण भएका दुर्घटनामा ९९ जनाको मृत्यु भएको छ भने २१४ जना घाइते भएका छन्। मुसलधारे वर्षा र अचानक आएको बाढीका कारण पाकिस्तानका विभिन्न भागहरूमा जुलाई महिनामा ९९ जनाको मृत्यु भएको हो। राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पूर्वी पञ्जाव प्रान्तमा ३९ जना, उत्तरपश्चिम खैबर पख्तुनख्वामा २९, दक्षिणी सिन्धमा २२ र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको ज्यान गएको एनडीएमएले जनाएको छ।

पाकिस्तानको उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा अर्को व्यक्तिको मृत्यु भएको थियो भने जुलाईमा पाकिस्तान नियन्त्रित कश्मीरका विभिन्न क्षेत्रमा तीन बालबालिकाको मृत्यु भएको थियो। विभागका अनुसार पञ्जावमा ११३, खैबर पख्तुनख्वामा ७७, पाकिस्तान नियन्त्रित कश्मीरमा ११, बलुचिस्तानमा नौ, सिन्धमा तीन र गिलगिट–बाल्टिस्तानमा एक जना घाइते भएका छन्।

जुलाई महिनामा विभिन्न प्रदेश र क्षेत्रहरूमा पूर्वाधार र निजी सम्पत्तिमा सञ्चित क्षति उल्लेखनीय रहेको विभागले जनाएको छ। बाढी र भारी वर्षाका कारण आठ पुल भत्किएको, ४ सय घरमा क्षति पुगेको र ११२ वटा पशुधनको मृत्यु भएको विभागले जनाएको छ।

प्रतिक्रिया