काठमाण्डौ : पाकिस्तानको मानव अधिकार आयोग (एचआरसीपी)ले हालै खैबर पख्तुनख्वामा बिग्रिएको सुरक्षा अवस्थाको निन्दा गर्दै सरकारलाई अतिवादसँग लड्न र नागरिकहरूको जीवन र अधिकारको रक्षा गर्न आग्रह गरेको छ।
समाचारअनुसार केही अघि हप्ता मात्रै खैबर पख्तुनख्वामा भएको आक्रमणमा परी एक प्रहरीको मृत्यु भएको थियो। यसको साथै डेरा इस्माइल खानमा पोलियो खोप खुवाउने एक स्वास्थ्यकर्मीलाई अपहरण गरिएको थियो भने नासिर बाग र बाजौरमा प्रहरीहरूमाथि हमला गरिएको थियो।
यसअघि सेप्टेम्बर २८ मा स्वात जिल्लाको मिङ्गोरामा ठूलो समूहले आतंकवादको विरोधमा र सैन्य कारबाहीको विरोध गर्न र्याली निकालेको थियो।
एचआरसिपीले बारम्बार संघीय र प्रान्तीय सरकारहरूलाई सैन्य कारबाही खैबर पख्तुनख्वाको सुरक्षा समस्याहरूको समाधान नभएको चेतावनी दिएको छ।
2024-10-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार