काठमाण्डौ : फिल्म ‘अञ्जिला’ र ‘आउट ल ः दफा २१९’ले घरेलु बक्सअफिसमा उत्साहप्रद प्रतिक्रिया प्राप्त गरिरहेका छन् । निर्माताले यी दुई फिल्मको कमाइ विवरण सार्वजनिक गरेका छन् ।
यस्तोमा, यी दुई फिल्मले कति कमाए त ? निर्माताले दिएको विवरण र संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बक्सअफिस डेटाअनुसारको कमाइ यस्तो छ ः
अञ्जिला
–निर्माताका अनुसार फिल्मले ३ दिनसम्म देशब्यापी २ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
–संचार मन्त्रालयको बक्सअफिसअनुसार फिल्मले ५ दिनसम्म देशब्यापी १ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको छ ।
आउट ल : दफा २१९
–निर्माताका अनुसार फिल्मले ४ दिनसम्म देशब्यापी २ करोड ३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
–संचार मन्त्रालयको बक्सअफिसअनुसार फिल्मले ५ दिनसम्म देशब्यापी ७६ लाख १३ हजार रुपैयाँ कमाएको छ ।
2025-03-18
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार