काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् ।
आइतबार प्रमुख शाहले उपप्रमुख सुनिता डङ्गोल समक्ष राजीनामा बुझाएका हुन् । उनले स्वेच्छाले राजीनामा दिएको बताएका छन् । उनले राजीनामा पत्रमा महानगरको नेतृत्व र कार्यपालिकालाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
’नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाण्डौ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाण्डौ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गतेदेखि लागु हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु’ बालेनले राजीनामा पत्रमा भनेका छन, ’यस पदमा रहँदा काठमाण्डौ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारिपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु ।’
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न मतदानबाट उनी काठमाण्डौको नगर प्रमुख निर्वाचित भएका थिए । काठमाण्डौको प्रमुख बन्दा उनले ६१ हजार ७६७ मत प्राप्त गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार