Listen LIVE

गठबन्धनको सरकारले देशलाई अगाडी बढाएको छ : परराष्ट्रमन्त्री राणा

पोखरा : परराष्ट्रमन्त्री आरजु राणा देउवाले दुई ठूला पार्टीको गठबन्धनले देशलाई अगाडि बढाएको बताएकी छन् । पोखरामा बुधबार बगैँचा रिसोर्टको उदघाटन गर्दै उनले नेपालमा केही पनि भएको छैन भन्ने गलत भाष्य निर्माण भएको बताइन् ।

‘दुई पार्टीका सिनियर पोलिटिसियनले धेरै सोचेर गठबन्धन गर्नुभएको हो,’ उनले भनिन्, ‘यसले देशलाई अगाडि बढाउछ भन्ने उहाँहरूको जुन एउटा आशा थियो, एउटा भिजन थियो, त्यो भिजन हो रहेछ भन्ने अहिले हामीले देखेका पनि छौं ।’

कूटनीतिको क्षेत्रमा धेरै कुरा अगाडि बढेको बताउँदै उनले यसमा आफू एक्लैको मात्रै भूमिका नभएको बताइन् ।

‘देउवाजी र ओलीजीको लिडरसिपले नै नेपाललाई अहिले अन्तर्राष्ट्रिय रूपमा पत्याउने वातावरण बनेको छ,’ उनले भनिन्, ‘त्यो वातावरणको मात्रै मैले गुड युज गरेको हो । अंग्रेजी बोल्न जान्दैमा डिप्लोमेसी हुँदैन । यो देश कस्तो छ र त्यो देशले कस्तो गरिरहेछ भन्नेमा पनि भर पर्छ ।’

प्रतिक्रिया