Listen LIVE

दक्षिण अफ्रिकामा सामुहिक गोली प्रहार, ९ जनाको मृत्यु

एजेन्सी : दक्षिण अफ्रिकाको जोहान्सबर्ग शहर नजिकैको टाउनसिपमा रहेको एउटा बारमा शनिबार मध्यराति गोली प्रहार हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।

घटनामा संलग्नहरुको खोजी चलिरहेको प्रहरीले जनाएको छ । ’लगभग १२ अज्ञात संदिग्धहरू सेतो कोम्बी (मिनि) र सिल्भर रंगको सेडानमा सवार भएर टाभर्नका (बार) ग्राहकहरूलाई गोली चलाएका छन्,’ प्रहरीले आइतबार जारी गरेको विज्ञप्तिमा भनेको छ ।

उक्त टाभर्न लाइसेन्स प्राप्त रहेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरूले सडकमा रहेका मानिसहरुलाई समेत अन्धाधुन्ध आक्रमण गरेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया