Listen LIVE

प्रदेश र जिल्लास्तरमा कुष्ठरोगको स्थिति भयावह

नेपालगञ्ज : नेपालले आजभन्दा १५ वर्षअघि नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गरिसके पनि प्रदेश र जिल्लास्तरमा भने कुष्ठरोगको स्थिति अझै भयावह देखिन्छ । देशका सात प्रदेशमध्ये लुम्बिनीसहित तीन प्रदेशमा अझै पनि कुष्ठरोग निवारणको लक्ष्य प्राप्त हुन नसकेको दाबी गरिएको छ ।

बाँकेमा कुष्ठरोगीको पहिचान र उपचार गर्दै आइरहेको साइनिङ अस्पताल आइएनएफ नेपालको तथ्याङ्क हेर्दा हरेक वर्ष कुष्ठरोगका नयाँ बिरामीको सङ्ख्या झन् वृद्धि हुँदै आएको पाइएको छ । आइतबार २५ जनवरी २०२६ मा मनाइने ७३ औँ विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा अस्पतालले नेपालगञ्जमा आयोजना गरेको पत्रकारसँगको अन्तव्रिर्mयामा प्रस्तुत गरिएको तथ्याङ्क हरेक वर्ष नयाँ कुष्ठरोगका बिरामी वृद्धि हुँदै गएको पाइएको हो ।

चालु आर्थिक वर्ष २०८२–८३ को साउनदेखि पुससम्म छ महिनाको अवधिमा अस्पतालमा परीक्षण गराउन आएका बाँकेलगायतका जिल्लाका ८६ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् । अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले अस्पतालमा जाँच गराउन आएका विभिन्न जिल्लाका नागरिकसहित भारतीय नागरिकमा कुष्ठरोग फेला परेको बताए ।

प्रमुख थारूका अनुसार चालु आवको छ महिनामा सबैभन्दा धेरै बाँकेका ३६ जना, बर्दियाका १२ जना, जाजरकोट, रुकुम र कैलालीका पाँचपाँच जना, अछामका तीन जना, दैलेखका दुई जना र दाङ, प्युठान, रोल्पा, सल्यानका एकएक जना कुष्ठरोगी फेला परेका छन् । त्यसै गरी १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग फेला परेको उनले बताए । तीमध्ये ५७ पुरुष र २९ महिला छन् । विभिन्न जिल्लाबाट यस अस्पतालमा जाँच गर्न आएका ३४२ जनाको परीक्षण गर्दा ८६ जना नयाँ कुष्ठरोगी भेटिएका हुन् । तीमध्ये ५६ जना नयाँ बिरामीमा पोजेटिभ पाइएको थियो । 

अस्पताल प्रमुख थारूले भने, “छ महिनामा समुदाय स्तरमा कुष्ठरोग पहिचान गर्न दुई ठाउँमा शिविर सञ्चालन ग¥यौँ; जसमा ५१० जनाको परीक्षण गर्दा नौ जना नयाँ कुष्ठरोगी फेला परे । ४२ जना नयाँ कुष्ठरोग बिरामीको सम्पर्कमा रहेका दुई हजार ४५५ बिरामीको परिवार तथा छिमेकीको सम्पर्क परीक्षण गर्दा थप नयाँ कुष्ठरोगका बिरामी पनि फेला परे ।” अघिल्लो आव २०८०–८१ मा यस अस्पतालमा विभिन्न जिल्लाबाट जाँच गर्न आएका १४६ नयाँ कुष्ठरोगका बिरामी फेला परेका थिए । 

गत आव २०८१–८२ मा उक्त सङ्ख्यामा वृद्धि भई १७४ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । तीमध्ये ९३ जना बाँके जिल्लाकै विभिन्न स्थानका थिए । त्यसै गरी अघिल्लो आवको साउनदेखि पुससम्म ६० नयाँ बिरामी फेला परेकामा गत आवको छ महिनामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका थिए ।

प्रतिक्रिया