काठमाण्डौ : नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको मुख्यमन्त्री बनेका छन् । उनले बुधबार मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
हालै सम्पन्न विधानसभा निर्वाचनमा एनसीपी–कांग्रेस गठबन्धनले बहुमत पाएको थियो ।
९० सदस्यीय विधानसभामा एनसीपीको एक्लैले ४२ सिट जितेको छ भने गठबन्धनको अर्को दल कांग्रेसेले ६ सिट जितेको छ । कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आदमी पार्टीका साथै स्वतन्त्र सांसदहरुको समेत अब्दुल्लालाई समर्थन छ ।
2024-10-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार