नेपालगञ्ज : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजना ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगमा एक दिने निःशुल्क कान शिविर सम्पन्न गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ मा एक दिने निःशुल्क कान शिविरबाट महिला ६९ पुरुष १३ गरी जम्मा ८२ जनाले स्वास्थ्य लाभ लिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगञ्ज–५, फुल्टेक्राका कान जाँच वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच इन्चार्ज भिषण थारुले जनाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ स्थिति प्रगतिशिलि मार्गमा रहेको स्वास्थ्य चौकीमा गरिएको शिविरमा ७ जनालाई थप उपचारका लागि रिफर गरिएको वरिष्ठ सहायक चिकित्सक तथा आउट रिच इन्चार्ज थारुले बताए ।
2026-05-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार