काठमाण्डौ : आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धकहरू इजरायल फर्किएका छन्।
आफ्ना परिवारहरूसँग पुनर्मिलन गरेका छन्। यसैबीच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक इजरायली हमलाको अन्त्यको खुशीयालीमा छन्। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविरामले ४६ हजार ९ सय भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिने इजरायली आक्रमणको अन्त्य भएको छ।
घातक लडाइँले गाजाको धेरैजसो भागलाई पनि ध्वस्त पारेको छ। गाजापट्टीमा व्यापक भोकमरी र रोगहरू निम्त्याएको छ। रिहा गरिएका तीन महिलाहरूमा २८ वर्षीया ब्रिटिश–इजरायली एमिली दमारी र ३० वर्षीया रोमानियाली–इजरायली पशु चिकित्सा नर्स डोरोन स्टेनब्रेचर छन्।
जसलाई उत्तरी गाजा बाहिर किबुट्ज कफर अजाबाट अपहरण गरिएको थियो। २३ वर्षीया रोमी गोनेन, जसलाई नोभा संगीत महोत्सवबाट लगिएको थियो। गाजामा अझै पनि रहेका ९८ बन्धकहरू मध्ये आधा जीवित छन्। यद्यपि हमासले पुष्टि गरेको छैन।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार