Listen LIVE

राष्ट्रिय गौरवका आयोजनाको काम सम्पन्न गरिनेछ : प्रधानमन्त्री ओली

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले थालेको काम सक्ने घोषित नीतिअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुको पुनरावलोकन गरी चालु परियोजनालाई ‘आर्थिक वर्ष २०८२–८३ मा सम्पन्न गरिने बताएका छन् । 

प्रतिनिधिसभामा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘प्रतिनिधि सभाको यस अवधिभित्र सम्पन्न हुनेगरी वर्गीकरण गरी निर्धारण गरिएको समयतालिकामा सम्पन्न गर्ने नीति नयाँ हो’ उनले भने । निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आँकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारेज गर्ने नीति नयाँ भएको उनले बताए ।

प्रतिक्रिया