नेपालगञ्ज : नेपाली कांग्रेसबाट निर्वाचित कोहलपुर नगरपालिका वडा नं ६ का वडा सदस्य तथा नगर सचिवसमेत रहेका गोविन्द वाग्ले २० बर्षिया एक थारु युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । उनी कोहलपुर बृहद् खानेपानी उपभोक्ता संस्थाका सचिव समेत हुन् ।
श्रोतकाअनुसार मंगलबार साँझ करिब साढे ८ बजे ती नेता पिउने पानीको निहुँमा युवतीको घर पुगेका थिए । सोही क्रममा उनले युवतीमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो ।
गाउँमा भण्डारा थियो उनी पनि सो भण्डारामा पुगेको र दुर्व्यवहार गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मि खनालले बताइन् । अनुसन्धान भईरहेको उल्लेख गर्दै डिएसपी खनालले सबै कुरा अनुसन्धान पछि खुल्ने उल्लेख गरिन् ।
दुर्व्यवहार भएपछि पीडित युवतीले आफ्ना परिवारलाई जानकारी गराएकी थिइन् । त्यसपछि परिवारका सदस्यहरूले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएपछि प्रहरीले वाग्लेलाई नियन्त्रणमा लिएको हो ।
एक थरि कांग्रेस जनले भने उनीलाई फसाउन खोजिएको दावी गरे पनि जिल्ला सभापति नारायण गौंडेलले यो घटना आफुले भर्खरै मात्र थाहा पाएको उल्लेख गर्दै आफुले पनि सत्य तथ्य के हो अनुसन्धान गर्ने उल्लेख गरेका छन् । उनले घटना सत्य भए कांग्रेस सदस्य हँुदैमा कुनै किसिमको छुट नहुने भन्दै दोषी सावित भए सजाएको भागिदार हुनुपर्नेमा जोड दिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार