काठमाण्डौ : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको मन्त्री अधिकारीको सचिवालयले जानकारी दिएको छ । मञ्चको बैठक असोज २८ देखि कार्तिक २ सम्म आयोजना हुनेछ ।
कृषिमन्त्री अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुम थापालगायत रहेका छन् ।
नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने बताइएको छ ।
2024-10-13
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार