Listen LIVE

बंगलादेशमा तीन प्रहरीलाई मृत्युदण्डको सजाय

एजेन्सी : बंगलादेशको अदालतले ढाकाका पूर्व प्रहरी प्रमुख तथा अन्य दुई वरिष्ठ प्रहरी अधिकारीलाई मृत्यदण्डको सजाय सुनाएको छ ।

जुलाई २०२४ मा चलेको आन्दोलनका दौरान मानवताविरुद्धको अपराध गरेको भन्दै ढाकाका तत्कालीन प्रहरी कमिस्नर हबिबु रहमान, सह–कमिस्नर सुदिप कुमार चक्राव्रत र उप–कमिस्नर शाह आलम मोहम्मदलाई सजाय सुनाइएको हो ।

यस घटनामा अन्य ५ जना प्रहरीलाई जेल चलान गरिएको छ । बंगलादेशमा गत जुलाईको आन्दोलनमा भएका दमनका मुद्दा अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसिटी) नामक विशेष अदालतले हेर्दै आएको छ ।

मृत्युदण्डको फैसला आउँदा तीन अभियुक्तमध्ये कोही पनि अदालतमा उपस्थित भएनन् । उनीहरुको अवस्था अज्ञात रहेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशमा १२ फेब्रुअरीमा चुनाव हुँदैछ । अगस्ट २०२४ मा शेख हसिना नेतृत्वको सरकार अपदस्थ भएपछिको यो पहिलो चुनाव हो ।

बंगलादेशमा जुलाई–अगस्ट २०२४ मा १४ सय जनासम्म मानिसह? मारिएका थिए । प्रदर्शनलाई मत्थर गर्नका लागि तत्कालीन सरकारले निकै कठोर दमन गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया