Listen LIVE

देशको सङ्कट टार्न समीकरण आवश्यक : नेता ज्ञावाली

कालीकोट : नेकपा (एमाले)का उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञावालीले देशको सङ्कट टार्नका लागि मुलुकका दुई ठुला पार्टीको सत्ता समीकरण अपरिहार्य रहेको बताएका छन् । नागरिकले बगाएको रगतबाट आर्जेको यो मुलुक सङ्कटमा पर्ने खतरा बढेपछि नेपाली काग्रेससँग सत्ता समीकरण भएको सुनाए ।

उपमहासचिव ज्ञावालीका अनुसार मुलुकलाई अस्थीरताबाट उनमुक्ति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता समीकरण भएको भन्दै मुलुकको आर्थिक सङ्कट टार्नका लागि पनि यो अनिवार्य थियो । दस महिनाको अर्थमन्त्रालयको नेतृत्व गरिँदा आर्थिक उन्नती आश लाग्दो भएको आर्थिक सुचाक बढेको सुनाए ।

नेता ज्ञावालीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै सत्ताको मोहले छ–छ महिनामा सत्ता समीकरण फेर्नेहरुले मुलुकको स्थिरता नचाहेर दिनको तीन पटकसम्म यो सत्ता ढल्दैछ, मेरो सत्तामा जाने मन छैन भनेर छटपटाउने काम भइरहेको सुनाए । यसरी छटपटीनुको मुख्य कारण सत्ता बाहिर बस्न नसक्नुको उपज भएको उनको भनाइ ।

नेकपा (एमाले) केन्द्रले कार्यकर्ताको क्षमता विकास र पार्टी प्रति लाग्ने लानछनाविरुद्ध प्रतिवाद गर्ने क्षमता विकास गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरेको सुनाए । दुई जिल्लाको प्रशिक्षण सकेर कालीकोटका पुग्नु भएका नेता ज्ञावालीले कालीकोटका बस्तीमा विगतको द्वन्द्वको घाउले मलम नपाएको बताए । घाउ कोट्याउने भन्दा पनि मलम लगाउने काम एमालेले गर्ने बताए ।

न्यायको खोजि हुनु स्वभाविक हो, तर खाटा परेको घाउँलाई थप पीडा नहोस् भनेर सत्य निरुपरण आयोग र मेलमिलाप आयोगलाई जिम्मा दिएको उनले बताए । यसैगरी, नेता ज्ञावालीले भौगोलिक विकटताले अरु प्रदेशसँग प्रतिस्पर्धा गर्न अहिले नसकेपनि पछिका लागि कर्णाली आफ्नै स्रोत साधनले चल्न सक्ने क्षमता भएको प्रदेश भएको बताए । कालीकोटको विकासका लागि एयरपोर्टलाई सञ्चालनमा ल्याउन एमालेले अध्यान गरिरहेको बताए ।

प्रेस चौतारी नेपाल कालीकोट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचि ज्ञावालीले सानो स्रोत साधनबाट भए पनि यहाँका नागरिकको सुरक्षाका लागि ३८ लाख नागरिकलाई सामाजिक सुरक्षाकोष अर्थात भत्तामा समावेश गरिएको बताए ।

प्रतिक्रिया