Listen LIVE

डुडुवामा तीज विशेष कार्यक्रम सम्पन्न

डुडुवा (बाँके) : महिलाहरुको महान चाड हरितालिका तिज पर्वको अवसरमा डुडुवा गाउँपालिकाले विशेष कार्यक्रम गरेको छ । 

कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारु, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की, डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपप्रमुख शाहिदा बानो, कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदी, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, जानकी गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले तीजको शुभकामना दिएका थिए । 

कार्यक्रममा उल्लेख्य मात्रामा महिलाहरुको सहभागिता रहेको थियो । त्यसक्रममा उनीहरु विभिन्न तीज गितमा छमछमी नाचेका थिए । 

कार्यक्रममा उत्कृष्ट नृत्य गरेवापत डुडुवा ५ का किशोरीहरुको समुह पहिलो भएको थियो । दोस्रो स्थानमा गाउँपालिका योजना शाखा प्रमुख कुमारी झुमा खड्का, तेस्रो स्थानमा पालिकाका प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्मा र पालिकाका महिला सहयोगी कार्यक्रताहरुको समुह सान्तवना स्थान हासिल गरेका थिए । 

विजेताहरुलाई गाउँपालिका अध्यक्ष चौधरीलगायतका अथितीहरुले क्रमशः रु पाच हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार नगद पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया