धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि दुई करोड प्रदान गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । सहायता रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा दाखिला गर्ने निर्णय भएको प्रकाशबहादुर रावलले जानकारी दिए ।
साथै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय भएको छ । यसैगरी, बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगको सदस्यमा गङ्गादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
2026-08-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार