एजेन्सी : शान्तिको झिनो आशबाट अघि बढीरहेका अफगानिस्तानका किसान खडेरीसँग जुधिरहेका छन्। काबुलबाट ३५ किलोमिटर पश्चिममा रहेको वारदक प्रान्तका किसान अहिले खडेरीसँग लडिरहेका हुन्। निर्दयी शत्रु खडेरीले उनीहरुको शान्तिलाई भंग गरिरहेको छ। यसले बगैंचा सुकाउँछ, बालीनालीलाई निसास्साउँछ र आत्मनिर्भरताको वाचालाई क्षय गरिरहेको छ।
वर्षौंको द्वन्द्व सहेका किसानका लागि कठिनाइलाई समृद्धिमा रूपान्तरण गर्ने आशा टाढा भएको छ। एक अनुभवी किसान जियाउद्दीन आफ्नो बगैंचाको कंकाल हाँगाहरूको बीचमा उभिएका छन्। विगतका ऋतुहरूको रातो फल अब केवल सम्झनामा सीमित रहेको उनको भनाइ छ। खडेरीले ठूलो क्षति पु¥याएको उनको गुनासो छ। अर्को कामदार जियारमलले पनि उही कुरा स्मरण गर्दछन्। विश्वविद्यालयको डिग्री भए पनि उनी व्यापक बेरोजगारीको बीचमा ६ जनाको परिवारलाई सहयोग गर्न बगैंचामा दैनिक काम गर्छन्।
वर्षाको अभाव बाहेक संरचनात्मक समस्याहरूले किसानको पीडालाई अझ बढाउँदै लगेको छ। शीतभण्डार सुविधाहरूको अभावले उनीहरूलाई समयभन्दा पहिले उत्पादन बेच्न बाध्य पार्छ। जसले गर्दा मूल्यहरू घट्छन्। कमजोर मार्केटिङ च्यानलहरू, कीराहरूको प्रकोप र कृषि तालिम कार्यक्रमहरूको अभावले उनीहरूको जोखिमलाई अझ गहिरो बनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार