रुपन्देही : सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । आज रविलाई रुपन्देही प्रहरीले अदालतको सबै प्रक्रिया पूरा गरेर जिल्ला कारागार रुपन्देही पठाइएको जानकारी दिएको छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरण मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई धरौटीमा रिहा गर्न दिएको आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो ।
उच्च अदालतले थुनामा राख्ने आदेश दिए लगत्तै रविलाई शुक्रबार राति नै काठमाडौंको बुढानिलकण्ठस्थित निवासबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेको रात रविलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राख्दै शनिबार रुपन्देही ल्याइएको थियो ।
शनिबार र आइतबार रुपन्देही प्रहरी हिरासतमा राखिएका रविलाई आज कार्यालय खुल्ने बित्तिकै अदालत लगिएको थियो । अदालतले प्रहरीलाई कारागार चलानको कागज थमाएपछि कारागार पठाइएको हो । सोही सहकारी ठगी प्रकरणमा कारागारमै रहेका पूर्व डीआइजी छविलाल जोशीसँगै रवि पनि सँगै रहनेछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार