Listen LIVE

भूमि अध्यादेश फिर्ता नभए जसपाले अरु अध्यादेशमा सहयोग नगर्ने

काठमाण्डौ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि अध्यादेश फिर्ता नभए अरु अध्यादेशमा पनि सहयोग नगर्ने भएको छ । 

पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि समर्थन नगर्ने अडान लिने बताएका छन् । ‘संसदबाट भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुञ्जेलसम्म बाँकी पाँच वटा अध्यादेशहरुलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारे सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन’, यादवको प्रतिवेदनमा उल्लेख छ ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको, रियल स्टेट र भू–माफिया तथा दलालहरुको पक्षपोषण गर्ने खालको रहेको, तराई र मधेशको वन जंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उद्देश्यका साथ ल्याइएको उनको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया