Listen LIVE

राष्ट्रपति पौडेलद्वारा विधिपूर्वक गाईको पूजा

काठमाण्डौ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ । 

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजागरी गाईलाई खानेकुरा खान दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया