Listen LIVE

टर्कीको जंगलमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाण्डौ : दक्षिणपूर्वी टर्किएमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताएका छन्। मन्त्रीले अन्य ७८ जना आगोबाट प्रभावित भएको बताए।

जसमा पाँचजना बिरामी अझै सघन हेरचाहमा रहेको बताइएको छ। बिहीबार रातिबाट लागेको आगो दियारबाकिर प्रान्तको सिनार जिल्ला र मार्डिन प्रान्तको माजिदागी जिल्लामा फैलिएको छ।

हावाको कारण आगोले द्रुत गतिमा ठूलो क्षेत्रलाई प्रभावित बनाएको बताइएको छ।

प्रतिक्रिया