Listen LIVE

ट्रम्प पुटिनसँग हैरान

काठमाण्डौ : अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रोधित र हैरान भएको बताएका छन्।

ट्रम्पले अमेरिकाको एनबीसी न्यूजसँगको अन्तर्वार्तामा पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामा आक्रमण गरेको भन्दै आफू क्रोधित बनेको प्रतिक्रिया दिएका हुन्। उनले यदि पुटिन युद्धविरामका लागि तयार नभए रुसबाट तेल खरिद गर्ने देशहरुमाथि ५० प्रतिशत कर थप्ने चेतावनी दिए। ‘यदि रुस र युक्रेनबीच रक्तपात रोक्ने सम्झौता गराउन सकिनँ भने रुसबाट आउने सबै तेलमा अतिरिक्त कर लगाइदिनेछु।’ 

युक्रेनमा युद्धविराम गराउने छलफलका लागि ट्रम्प रुससँग निकट बनेकोबारे युरोपेली नेताहरुले चिन्ता गरिरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। केही समययता ट्रम्प युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग आक्रोशित र रुससँग निकट देखिएका थिए। ह्वाइट हाउसमै भएको भेटवार्तामा ट्रम्पले जेलेन्स्कीलाई तानाशाह बनेको आरोप लगाउँदै निर्वाचनको माग गरेका थिए। यो बीचमा अमेरिकाले युक्रेन र रुसका अधिकारीहरुसँग साउदी अरेबियामा युद्धविरामका लागि वार्तासमेत गरिसकेको छ।

प्रतिक्रिया