Listen LIVE

विदेशी राष्ट्राध्यक्षद्वारा ट्रम्पलाई बधाई

काठमाण्डौ : अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएसँगै उनलाई विभिन्न नेताले बधाई दिन थालेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई बधाई दिएका छन्। मोदीले लेखेका छन्‚ ‘ऐतिहासिक जित हासिल गर्नुभएकोमा मेरा मित्रलाई बधाई, तपाईं विगतको कार्यकालको सफलतालाई अगाडि बढाउँदै हुनुहुन्छ। म भारत–अमेरिका व्यापक अन्ताराष्ट्रिय तथा रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउन हाम्रो सहयोगलाई नवीकरण गर्न उत्सुक छु। आउनु होस्, मिलेर आफ्ना जनताको भलाई र वैश्विक शान्ति, स्थिरता एवं समृद्धिका लागि काम गरौँ।’

यसैगरी अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मरिसनले सामाजिक सञ्जालमार्फत ट्रम्पलाई बधाई दिएका छन्। ट्रम्पसँग खिचेको तस्वीर साझा गर्दै उनले लेखेका छन– बधाई राष्ट्रपति ट्रम्प !

साथै फ्रान्सका राष्ट्रपति एमानुएल माख्रोँले ट्रम्पलाई विजयी भएकोमा बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘विगतमा जस्तै म तपाईंसँग मिलेर काम गर्न तयार छु।’

यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई बधाई दिँदै लेखेका छन्‚ ‘ट्रम्पको पुनरागमन अमेरिकाको नयाँ युगको शुरुवात हो र इजरायलका साथ शक्तिशाली गठबन्धनको पुनः प्रतिबद्धता प्रदान गर्छ।’

प्रतिक्रिया