गुल्मी : गुल्मी अस्पताल तम्घासमा स्तन क्यान्सरको सफल शल्यक्रिया भएको छ । स्तन क्यान्सर र आर्थिक अवस्थाबाट पीडित रेसुङ्गा नगरपालिका–८ की ७२ वर्षीया वृद्धाको शल्यक्रिया सफल भएको गुल्मी अस्पताल प्रशासनले जनाएको छ ।
गुल्मी अस्पतालले डेढ वर्षदेखि प्रत्येक महिनाको दोस्रो शनिबार क्यान्सर रोगको परीक्षणको काम गरिरहेको छ । गुल्मी अस्पतालमा आएकी वृद्धाको क्यान्सरको शंका लागेपछि बुटवल पठाइएको थियो ।
आवश्यक सबै परीक्षण गरेर क्यान्सर भएको प्रमाणित भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्तन तथा क्यान्सर रोग विशेषज्ञ डा. सन्जय पाण्डे नेतृत्वको टोलीले वृद्धाको स्तन क्यान्सरको शल्यक्रिया गरेको थियो । अहिले महिलाको सबै स्वास्थ्य अवस्था सामान्य रहेकोे डा. पाण्डेले बताए ।
2026-03-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार