Listen LIVE

युनाइटेड एजुकेसन एकेडेमीमा सांस्कृतिक प्रस्तुति सहित स्वागत कार्यक्रम सम्पन्न

नेपालगञ्ज: नेपालगञ्जस् युनाइटेड एजुकेसन एकेडेमीमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगञ्जस्थित युनाइटेड एजुकेसन एकेडेमीले कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत र प्रशिक्षण दिने विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममार्फत व्यवस्थापन, कानून, कम्प्युटर, विज्ञान, शिक्षा, र होटल म्यानेजमेन्ट संकायका विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि प्रेरणा जगाइएको छ।  

कार्यक्रममा १२ कक्षामा अध्ययनरत विद्यार्थी कृति फुयालले युनाइटेड एजुकेसन एकेडेमीलाई विद्यार्थीका आवश्यकताहरू पूरा गर्न सधैँ तत्पर रहेको संस्था भन्दै नयाँ विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध भएर अघि बढ्न सुझाव दिइन्।  


संचालक राजेश यादवले व्यक्तिगत जिम्मेवारी र आफ्नो शैक्षिक यात्रालाई सफल बनाउन दृढ रहेको बताए। त्यस्तै, कक्षा ११ का विद्यार्थी बिनोद यादवले विद्यार्थीहरूले अध्ययनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र यो समय पाठ्यपुस्तकसँग गहिरो सम्बन्ध निर्माण गर्ने उपयुक्त समय भएको बताए।  

+2 डाइरेक्टर सतानन्द उपाध्यायले युनाइटेड एजुकेसन एकेडेमीलाई विद्यार्थीको खोज र रोजाइको केन्द्रका रूपमा व्याख्या गरे। उनले किताबी ज्ञानसँगै व्यवहारिक र अतिरिक्त क्रियाकलापमा पनि समान ध्यान दिनुपर्ने र कठोर परिश्रमले सफलता सुनिश्चित हुने बताए।  

प्रधानाध्यापक जीवराज भण्डारीले युनाइटेडले विद्यार्थीलाई सफलताका लागि सबैखाले अवसर प्रदान गर्ने जानकारी गराए।  

कार्यक्रमका प्रबन्धक निर्देशक विकास बज्राचार्यले नयाँ प्रविधिको विकासमार्फत विद्यार्थीलाई आत्मनिर्भर र व्यावसायिक बनाउनमा जोड दिएको बताए।  


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तरुण बज्राचार्यले स्वागत कार्यक्रम संस्कार र संस्कृतिको प्रतीक रहेको र सानालाई माया र ठूलालाई आदर गर्नु विद्यार्थीको नैतिक जिम्मेवारी भएको बताए। उनले विद्यार्थीको शैक्षिक आवश्यकतालाई पूर्ण रूपमा सम्बोधन गर्न विद्यालय सधैँ तत्पर रहेको बताए।  

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू समेत गरेका थिए।  

समाचार:रेडियो बागेश्वरी

प्रतिक्रिया