Listen LIVE

पाकिस्तानका सरकारी कर्मचारीले अनुमतिबिना सामाजिक सञ्जाल चलाउन नपाउने

काठमाण्डौ : पाकिस्तान सरकारले सबै सरकारी कर्मचारीहरूलाई आधिकारिक जानकारी र कागजातहरूको खुलासा रोक्न अनुमतिबिना सोशल मिडिया प्रयोग गर्न प्रतिबन्ध लगाउने आदेश जारी गरेको  छ।

कर्मचारी महाशाखाले जारी गरेको कार्यालय सर्कुलरमा सरकारी कर्मचारीलाई सरकारी कर्मचारी  नियमावली, १९६४ अन्तर्गतको निर्देशन पालना गर्न भनिएको छ।

उक्त आदेशअनुसार सरकारी कर्मचारीले अनुमतिबिना सामाजिक सञ्जालको कुनै पनि प्लेटफर्म प्रयोग गर्न नपाइने समाचारमा जनाइको छ।

सर्कुलरमा सरकारी कर्मचारीले सरकारको प्रतिष्ठामा आँच पु¥याउने विचार वा तथ्य व्यक्त गर्न नपाउने’ उल्लेख गर्दै कर्मचारीले सरकारको नीति, निर्णय, राष्ट्रिय सार्वभौमसत्ता र मर्यादाविरुद्ध बोल्न नपाइने उल्लेख छ।

यसमा निजामती कर्मचारीले अनुमतिबिना सामाजिक सञ्जालमा आफ्ना विचार वा बयानबाजी गर्न नपाउने उल्लेख गरेको छ।

प्रतिक्रिया