कैलाली : नेपााली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजतन्त्र स्थापनाको कुरा हल्ला मात्र भएको बताएका छन् । सोमबार कांग्रेसको सुदूरपश्चिम प्रदेश सम्मेलनको उदघाटन गर्न धनगढी पुगेका सभापति देउवाले सो कुरा बताएका हुन् ।
धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले काठमाडौंमा राजसंस्था पक्षधरहरूले निकालेको ¥यालीको विषयमा राखेको जिज्ञासाबारे सभापति देउवाले राजतन्त्रको पक्षमा महोल सिर्जना हुँदैछ भन्ने हल्लामात्र भएको बताए ।
उनले भने , “राजतन्त्रको विषयमा मलाई थाहा छैन, अनावश्यक हल्ला हो, मलाई के केही थाह छैन ।’’ यस्तै उनले नेपालको आन्तरिक राजनितिमा कुनै बाह्य हस्तक्षेप नभएको समेत स्पष्ट पारे । यस्तै सभापति देउवाले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा आफू क्रियाशिल रहने बताए ।
सम्मेलनमा सहभागी हुन उपसभापति गोपालमान श्रेष्ठ, कांग्रेस महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, नेता बालकृष्ण खाण, कृष्णप्रसााद, सिटौला, एनपी साउद, ससांक कोइरालालगायतका नेताहरू आज धनगढी आएका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार