Listen LIVE

एमाले बाँकेमा सर्वसम्मत प्रतिनिधि छनोटको तयारी

नेपालगञ्ज : नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनका लागि बाँकेबाट सर्वसम्मत प्रतिनिधि छनोटको तयारी गरिएको छ । 

करिब पाँच हजार सङ्गठित सदस्यता रहेको बाँकेबाट महाधिवेशनमा क्षेत्र नम्बर १ बाट ५, क्षेत्र नम्बर २ बाट ४, क्षेत्र नम्बर ३ बाट ५ र दलितबाट १ जना गरी १५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । 

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले दलिततर्फ पार्टीका केन्द्रीय सल्लाहकार दलबहादुर सुनार सर्वसम्मत प्रतिनिधि छनोट भएको जानकारी दिए । अध्यक्ष गुरुङले भने, “तीन वटै निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले सर्वसम्मत प्रतिनिधि छनोटका लागि सहजीकरण गर्न समिति बनाएका छन् ।”

क्षेत्र नम्बर १ बाट खुलातर्फ बलराम भट्टराई र कुश्माखर बस्याल, युवामा खेमराज शर्मा र महिलामा सुधा चौधरी, बसन्ती अधिकारी विम्मीरानी पन्थीमध्येबाट प्रतिनिधि बनाउने गरी सर्वसम्मत तयारी भइरहेको पार्टीका नेताले बताए ।  

यसैगरी क्षेत्र नम्बर २ बाट खुलामा निरक गुरुङ, प्रमोद रिजाल, दत्तप्रसाद आचार्य, दीपक वर्मा, हलिम शाह, भाष्कर काफ्ले, अशोक कर्माचार्य, ऐनबहादुर हमाल, युवामा शकील अहमद खान, मोहित शाह, रविशङ्कर वर्मा, महिलामा हीरा खराल, अछरी पोख्रेल, मीना सुवेदी, कृष्णा पाठक, सरस्वती मल्ल लगायतबाट सर्वसम्मत प्रतिनिधि छनोट गर्ने तयारी गरिएको छ । 

क्षेत्र नम्बर ३ मा खुलाबाट रत्न खत्री, भीम वली, मानबहादुर रुचाल, घननाथ खनाल, किस्मत कक्षपति, सतिश निरौला, लालबहादुर खत्री, महिलामा एकमाया विक, भूमिसरा धिताल, देउमाया मगरनी, कौशिला कठायत र युवाबाट रोशन  शाही, विमल मल्ल, नारायण थारु, नारायण खनाल, मदनरत्न केसी लगायतबाट सर्वसम्मत प्रतिनिधि छनोटको तयारी गरिएको छ ।  

अधिकांश उम्मेदवार र नेतृत्व सर्वसम्मत प्रतिनिधि छनोटको तयारी गरिरहँदा केही नेताहरु भने निर्वाचनबाट प्रतिनिधि चयन हुनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया