नेपालगञ्ज : नेपालगञ्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा पुर्ब खेलाडी समाज बाँकेद्वारा नेपालगञ्ज रंगशालास्थित कबर्ड हलमा आयोजित प्रतियोगिताको शनिवार भएको मेन्स डबल बी लेभलतर्फ पहिलो सेमीफाईनलमा अर्जुन बुढा र बिरेन्द्र श्रीषको जोडीले राकेश साउद र चन्द्र कलेलको जोडीलाई ६–२१, २१–९, २१–१४ ले पराजित गर्दै फाईनलमा आफ्नो स्थान सुनिश्चित गरेका छन । त्यस्तै ओम चालिसे र कृष्ण रानाको जोडीले दिपक शाही र दिपक बनको जोडी पराजित गर्दै फाईनलमा प्रबेश गरे ।
यसैगरी ब्वाईज सिङल ग्–१५ तर्फ आर्यन रानाले अभय राजबंशीलाई २१–१५,२१–९ ले पराजित गर्दै फाईनलमा प्रवेश गरे। दोस्रो सेमिफाईनलमा संस्कार केसीले सुयोग्य श्रेष्ठलाई २१–६, २१–११ ले पराजित गर्दै फाईनलको यात्रा तय गरे ।
फाइनल खेल आज बेलुका ४ बजेदेखि शुरु हुने प्राबिधिक प्रमुख जयन्त कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ब्वाईज अण्डर–१५ ईभेन्टतर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ वटा टीमको सहभागिता रहेको छ ।
अण्डर–१५ तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद १० हजार, ५ हजार र २५–२५ सय प्राप्त गर्ने त्यसै गरि मेन्स डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद २० हजार, १० हजार र ५–५ हजार प्राप्त गर्ने महासचिव जयन्त शर्माले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार