काठमाण्डौ : २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा जापान र नेपालबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। वर्षाका कारण खेल सुरु हुनै ढिला भएको थियो। करिब एक घण्टा ढिला सुरु भएको खेल १५ ओभरमा झारिएको थियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। जोरा ३२ बलमा ५७ तथा लोकेश २२ बलमा ५२ रनमा अविजित रहे। आसिफ शेखले २१ रन बनाए।
जापानका लागि रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले १–१ विकेट लिए। नेपालको इनिङ सकिने क्रममा त्यहाँ फेरि वर्षा सुरु भएको थियो र पिचलाई कभरले ढाकिएको थियो। वर्षाकै कारण दोस्रो इनिङ सुरु हुनै सकेन।
यो नतिजासँगै नेपाल समूह …एÚ मा २ खेलमा ३ अंक जोडेर विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अफगानिस्तान २ खेलमा २ अंकका साथ उपविजेता बन्यो। क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्नेछ। अफगानिस्तानले भारतसँग खेल्नेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार