जुम्ला : जुम्लामा मध्य रातिदेखि हिमपात भएको छ । हिउँदे सिजन पुस महिनामै पानी परेर हिउँ पर्ने गर्दथ्यो । तर यस पटकको हिमपात मध्य रातिदेखि भएको हो ।
जुम्लामा अहिले हिउँ परिरहेको छ । हिउँ पर्दा यहाँ सवैभन्दा बढी खुशी किसान भएका छन् । हिउँ नपर्दा हिउँदेवाली सुख्दै गएको समयमा अब हिउँदे बालीलाई राहात भएको छ ।
कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ का किसान रतन रावतले हिउँ परेर हिउँदे बाली जोगिएको बताउनुभयो । किसान गोपाल रोकायाले किसानका लागि हिउँ नभई चाँदी सरह रहेको बताए । जुम्लाको तापक्रम माइनस डिग्री छ । हिमपात हुँदा सामान्य जनजीवन प्रभावित भएको छ ।
2026-01-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार