Listen LIVE

कुलिङ पिरियड छेडखानीबारे प्रधानमन्त्री ओलीमाथि छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाण्डौ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन्। 

प्रचण्डले संघीय निजामती ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूले पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका गरेको र अहिले राष्ट्रिय सभामा एमालेका सांसदहरूको क्रियाकलापले त्यसलाई पुष्टि गरेको बताए। उनले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए।

प्रतिक्रिया