Listen LIVE

नाइजर र लिबियाबीचको मरुभूमिमा ५० आप्रवासीको मृत्यु

काठमाण्डौ : नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५० आप्रवासीको मृत्यु भएको छ । पानीको अभाव र उच्च तापक्रमका कारण उनीहरूको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।

मिडिया स्रोतका अनुसार मानवीय संस्थाहरूले मरुभूमिका विभिन्न क्षेत्रमा आप्रवासीहरूको शव फेला पारेको छन्। उनीहरूले अन्य २०० जना अन्य आप्रवासीलाई उद्धार गरेका थिए।

नाइजरको उत्तरमा लिबिया र अल्जेरियासँगको सिमानामा अवस्थित अगाडेज क्षेत्र युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि खतरनाक क्रसिङ ‘गेटवे’ हो।

तापक्रममा वृद्धि र पानीको अभावको सामना गरिरहेकाले यो क्षेत्रले अत्यन्तै कठोर अवस्था अनुभव गरिरहेको छ । यसबाट आप्रवासीको जीवनलाई जोखिममा परेको छ।

प्रतिक्रिया