प्युठान : जिल्लामा सवारी कारबाहीमा तिर्नुपर्ने जरिवाना बैङ्क मार्फत तिर्नुपर्ने व्यवस्था गरिएको छ । असार १ गतेदेखि लागु हुने गरी जिल्लामा सवारी नियम उल्लङ्घन कसुरको जरिवाना बापत राजश्व सङ्कलनलाई बैङ्किङ प्रणालीमा परिवर्तन गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
नेपाल बैङ्कमा रहेको राजश्व शीर्षकको खातामा जरिवाना बुझाएपछि कागजात दिने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताए । सिधै बैङ्कमा गएर भौचर भरेर राजश्व बुझाउनुका साथै अनलाइन मार्फत समेत जरिवाना बुझाउन मिल्ने प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । जरिवाना बुझाएको कागजातको आधारमा कागजात उपलब्ध गराइने उनको भनाइ छ ।
६१ लाख बढी राजश्व सङ्कलन
जिल्लामा चालु आर्थिक वर्षमा अहिलेसम्म ६१ लाख ५२ हजार रुपियाँ राजश्व सङ्कलन भएको छ । दश हजार ३९५ वटा सवारी साधन कारबाहीमा परेको र ती सवारीसाधनबाट उक्त राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ४६ लाख ८२ हजार पाँच सय रुपियाँ राजश्व सङ्कलन भएको थियो । जसमा आठ हजार ५० सवारी साधन कारबाहीमा परेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार