Listen LIVE

बाँके–२ का उम्मेदवार राई अग्रपंक्तिमा

नेपालगञ्ज : निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा पनि चुनावी सरगर्मी बढ्दै गएको छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्दै आफ्नो एजेन्डा प्रस्तुत गर्ने र मतदाता रिझाउन थालेका छन् ।

बाँके क्षेत्र नं. २ का अन्य उम्मेदवारभन्दा जनता समाजवादी पार्टी नेपालका कमरुद्दिन राई अग्रपंतिमा देखिएका छन् । उनको दैनिकी अहिले मतदाता भेट्ने बनेको छ । उनले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५, ७, १३, २३ र १९ का मतदातासँग प्रत्यक्ष भेट्घाट गरि अन्तरक्रिया गरिसकेका छन् । पहिलो चरणमा मतदातालाई भेटेर समस्या बुझ्ने काम भइरहेको उनले बताए । ‘स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने र आफ्नो उम्मेदवारीको उद्देश्य तथा भावी योजनाबारे जानकारी गराउने काम भइरहेका छ,’ उनले भने, ‘मतदाताले देखाएको माया र सद्भावले थप उर्जा दिएको छ ।’

भेटघाटका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार राईलाई वडामा स्वागत तथा सम्मानसमेत गर्दै आएका छन् । लामो समयदेखि विकास, रोजगारी र सुशासनको अभाव झेल्दै आएका मतदाताले यसपटक नयाँ नेतृत्वको आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । ‘जितेर गएकाहरुले केहि गर्न सकेनन् । मधेसको मुद्धासमेत विर्सिए,’ नेपालगञ्ज उपपमहानगरपालिका ५ का लल्लन अन्सारीले भने, ‘अहिलेको निर्वाचनमा मधेसको मुद्धा बोकेकालाई भोट दिने निर्णय गरेको छु ।’

मतदाताले विगतमा निर्वाचित जनप्रतिनिधिबाट अपेक्षित काम हुन नसकेको गुनासो गर्दै यसपटक नयाँ सोँच र नयाँ अनुहारलाई अवसर दिनुपर्ने धारणा राखेका छन् । ‘पहिले जितेका जनप्रतिनिधिबाट आशा गर्ने ठाउँ रहेन । यसपटक नयाँलाई भोट दिने हो,’ नेपालगञ्ज उपमहानगरपालिका १९ का तिर्थराम वर्माले भने । 

कमरुद्दिन राईको घरदैलो अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिन्छ । मतदाताको उत्साह र समर्थनले चुनावी अभियानलाई थप तीव्र पार्दै उनले लगेका छन् । ‘कमरुद्दिन राईको चुनावी अभियानमा मतदाताको उल्लेख्य सहभागिताले उहाँको जित्ने आधार बनेको छ,’ नेपालगञ्ज उपमहानगरपालिका २३ का सुब्हान अन्सारीले भने, ‘अहिले मतदाता पुरानाभन्दा नयाँलाई भोट दिने मनशाय बनाएको देखिन्छ ।’

प्रतिक्रिया