Listen LIVE

मुख्यमन्त्री आचार्यद्वारा क्षति पुगेका संरचनाको अनुगमन

पश्चिम नवलपरासी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा पश्चिम नवलपरासीमा क्षति पुगेका सरकारी तथा निजी संरचनाको आज अनुगमन गरेका छन् ।

आगजनी र तोडफोडका कारण सरकारी कार्यालयका भवन र कागजात नष्ट भएको भन्दै उनले यसलाई गम्भीर अपराधिक कार्यका रूपमा टिप्पणी गरे । मुख्यमन्त्री आचार्यले भने, “जेनजी पुस्ताले भ्रष्टाचार र सुशासनलाई मुख्य एजेन्डा बनाएर आन्दोलन गरेका थिए, तर यसरी संरचना जलाउने काम उनीहरूबाट हुन सक्दैन। यो प्रतिशोधपूर्ण र आपत्तिजनक काम हो ।”

ध्वस्त भएका कार्यालयमार्फत सेवा प्रवाह नरोकिने बताउँदै मुख्यमन्त्रीले तत्काल राहत रकम पठाइएको र अस्थायी टेन्ट टाँगेर भएपनि जनतालाई सेवा दिन कर्मचारीलाई आह्वान गरिएको जानकारी दिए । पुनव्र्यवस्थापनका लागि प्रदेश सरकार अगाडि बढिरहेको पनि उनले स्पष्ट गरे । आचार्यले जेनजी आन्दोलनका क्रममा परिवारका एक सदस्यको राजनीतिक संलग्नताका कारण सिंगो परिवारले दुःख भोग्नु परेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

पश्चिम नवलपरासीमा सबैभन्दा बढी निजी सम्पत्तिमा क्षति पुगेको छ । मुख्यमन्त्री आचार्यले नवलपरासीमा क्षति पुगेका सबै संरचनाको प्रत्यक्ष अनुगमन गर्ने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया