काठमाण्डौ : अन्तर्राष्ट्रिय व्यापार र लगानीका सम्बन्धमा भारत र अष्ट्रेलियाबीचको सहकार्य पछिल्ला दशकहरूमा स्थिर रूपमा अघि बढेको छ। एक नयाँ प्रतिवेदनअनुसार, भारतीय कम्पनीहरूले प्रविधि, उद्योग, खुद्रा, उपभोक्ता वस्तुहरू र स्वास्थ्य क्षेत्रमा अष्ट्रेलियामा गाभिने तथा अधिग्रहण प्रक्रियामा रुचि देखाउँदै आएका छन्।
यस्ता लगानीहरूले प्रविधि र नवप्रवर्तनमा टेवा दिए पनि कुल लगानी अन्य गन्तव्यहरूसँग तुलना गर्दा अझै न्यून देखिन्छ, जसले थप सम्भावना रहेको संकेत गर्छ।
भारतका बहुराष्ट्रिय व्यवसायहरू नयाँ बजार र अत्याधुनिक प्रविधि पहुँचका लागि गाभिने तथा अधिग्रहण रणनीतिहरू अपनाउँदै आएका छन्। सन् २०२२ देखि २०२४ को अवधिमा, भारतको सबैभन्दा ठूलो लगानी गन्तव्य सिंगापुर रहेको छ।
भारतले सिंगापुरमा ४ दशमलव ८ अर्ब अमेरिकी डलर लगानी गरिएको छ। त्यसपछि क्रमशः संयुक्त अरब इमिरेट्स ३ दशमलव ४ अर्ब अमेरिकी डलर र नेदरल्याण्ड्स ३ अर्ब अमेरिकी डलर प्राथमिक गन्तव्य बने।
अष्ट्रेलियामा भारतीय लगानीका केही महत्वपूर्ण वर्षहरू देखिएका छन्, जहाँ प्रमुख अधिग्रहणहरू भएका छन्। सन् २०१५ मा स्ट्राइड्स अर्कोल्याबले एरो फार्मास्युटिकल्सलाई २६५ मिलियन अष्ट्रेलियन डलरमा किनेपछि सो वर्ष भारतबाट अष्ट्रेलियामा कुल ३३३ मिलियन अष्ट्रेलियन डलर लगानी भएको थियो।
गत दशकभर भारतले अष्ट्रेलियामा ६३ वटा गाभिने तथा अधिग्रहण सम्झौताहरू पूरा गरेको छ, जसमा २०१८, २०२० र २०२१ मा लगानी उच्च विन्दुमा पुगेको थियो। तर २०१६ मा तीव्र गिरावट आएपछि पछिल्ला वर्षहरूमा लगानीको गति केही सुस्त देखिएको छ।
हाल भारत अष्ट्रेलियाका विदेशी लगानीकर्ताहरूको सूचीमा १५औं स्थानमा छ। प्रविधि, सञ्चार र सञ्चारमाध्यम क्षेत्र भारतीय लगानीको मुख्य केन्द्रबिन्दु बनेको छ, जहाँ पछिल्ला १० वर्षमा ३५ प्रतिशत सम्झौताहरू भई कुल ४०८ मिलियन अष्ट्रेलियन डलर बराबरको लगानी भएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार