Listen LIVE

प्रधानमन्त्री कार्कीद्वारा सामाजिक सुरक्षालाई दिगो र समावेशी बनाउने प्रतिबद्धता

काठमाण्डौ : प्रधानमन्त्री सुशीला कार्कीले आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा प्रणाली दिगो, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिएकी छन्।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रका रोजगारदातालाई श्रमिकको सुरक्षालाई “बोझ होइन, शान”को रूपमा लिन सुझाव दिइन् र योगदान व्यवस्थापन तथा कोषको न्यायोचित उपयोगमा नागरिक–राज्य अपनत्व आवश्यक भएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले सरकारको छोटो कार्यकालमा औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकका सामाजिक सुरक्षासम्बन्धी मुद्दा, योगदान व्यवस्थापन र कोषको न्यायोचित उपयोगका विषयमा छलफल भइरहेको जानकारी दिइन्। साथै उनले नागरिक र राज्यबिच अपनत्व सिर्जना गर्दै कोषलाई राष्ट्र निर्माणमा उपयोग गर्ने रणनीति बनाउन सबैलाई आग्रह गरिन् ।

प्रतिक्रिया