काठमाण्डौ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा पछिल्लो सात दिनमा भएको छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र २५ आतंंककारी मारिएका छन्।
सुरक्षा बलहरूले खैबर जिल्लामा खुफियामा आधारित अपरेसन सञ्चालन गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएसपीआर) ले विज्ञप्तिमा बताएको छ।
अपरेसनका क्रममा सुरक्षा बलहरूले एक प्रमुख सदस्यसहित २५ आतंककारीलाई मारेको र ११ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ। अपरेसनका क्रममा चार सैनिकले पनि ज्यान गुमाएको आइएसपीआरले जनाएको छ।
सोमबार पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शृंखलाबद्ध आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका अधिकारीहरूले जनाएका छन्।
2024-08-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार