बाजुरा : बाजुराको उत्तरपूर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका–३, बौडीस्थित गङ्गा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।
यही जेठ ११ गते दिउँसो अचानक चलेको हावाहुरीले सो विद्यालयसहित आसपासका दुई विद्यालयका भवनका छाना उडाएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।
हावाहुरीका कारण विद्यालयको छाना उडाएपछि विद्यार्थीलाई खुला चौरमा राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना भएको विद्यालयले जनाएको छ ।
प्रधानाध्यापक वाल्मीकि पाण्डेले विद्यालयका दुई वटा भवन जस्तापाताले छाएका भए पनि हावाहुरीले दुवै भवनको छाना उडाएको बताए । उनले भने, 'विद्यालय दुर्गम क्षेत्रमा छ । अवस्था पनि कमजोर छ । अहिले मर्मत सम्भार विद्यालय आफैंले गर्न सक्ने अवस्था छैन ।' मर्मत सम्भार तत्काल भएमा विद्यार्थीको पठनपाठन सहज हुने उनको भनाइ छ ।
2026-05-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार