रुपन्देही : रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी आठ लाख ४० हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।
रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली ल्याइ लुकाइछिपाइ राखिएको ७७२ थान लेडिज कुर्ता–सुरुवाल सेट बरामद गरिएको छ। कपडाको अनुमानित मूल्य सात लाख १२ हजार रुपैयाँ रहेको छ। घटनामा संलग्न फार्म सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार