एजेन्सी : ग्रीसको क्रिट टापुको दक्षिणमा खचाखच डुङ्गामा भरिएका ५४० आप्रवासीलाई नियन्त्रणमा लिइएको छ।
लिबियाली समुद्रको सानो टापु गाभ्डोस नजिकै युरोपेली संघको सीमा निकाय ‘फ्रोन्टेक्स’ को गस्ती जहाजले ५३९ जना शरणार्थीको उद्धार गरेको ग्रीकका तटरक्षक अधिकारीले बताए।
डुङ्गामा बङ्गलादेश, पाकिस्तान, इजिप्ट, इरिट्रिया, सोमालिया, सुडान र प्यालेस्टाइन क्षेत्रका नागरिकको रहेको बताइएको छ ।
उनीहरुलाई सबैभन्दा पहिले क्रेटन शहर रेथिम्नो लगीसबैको शरणार्थी दाबीको प्रक्रिया अघि स्वास्थ्य जाँच गरिनेछ ।
गत वर्षदेखि लिबियाबाट आप्रवासीहरूले क्रिट हुँदै युरोपेली संघमा प्रवेश गर्ने प्रयास गरिरहेको बताउने गरिएको छ।
2025-12-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार