Listen LIVE

खो खो विश्वकप : महिलातर्फ नेपालको शानदार जित

काठमाण्डौ : भारतमा जारी खो–खो विश्वकपमा नेपालको महिला टोलीले विजयी सुरूवात गरेको छ । नेपालको महिला टिमले पहिलो खेलमा भुटानलाई ९३–२४ ले हराएको हो ।

खेलको उत्कृष्ट खेलाडी नेपालकी मानमती धामी घोषित भइन् । सरस्वती कठायतको कप्तानीमा रहेको महिला टोली नेपालले आजै अर्को खेलमा जर्मनीसँग खेल्ने छ ।

समूह सी मा नेपाल, भुटान, जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् । नेपालले बुधबार श्रीलंकासँग, बिहीबार बंगलादेशसँग खेल्ने छ । हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

पुरुषतर्फ समूह ए मा रहेको नेपालले पहिलो खेलमा भने भारतसँग ४२–३७ ले पराजित भएको थियो । पुरूष टोलीले आज पेरूसँग खेल्दै छ ।

प्रतिक्रिया