Listen LIVE

लेस्टर सिटीमाथि न्युक्यासलको सहज जित

काठमाण्डौ : इङलिस प्रिमियर लिगमा न्युक्यासलले रेलिगेसनको खतरामा रहेको लेस्टर सिटी माथि ३–० गोलको सहज जित हात पारेको छ। तीन अंक हात पारेसँगै न्युक्यासलको च्याम्पियन्स लिगमा छनोट हुने आशा पनि कायमै रह्यो।

लेस्टरको मैदान किङ पावरमा गएराति भएको खेलमा न्युक्यासलका जेकोब मेर्फीले सुरूवाती एघार मिनेट भित्रनै दुई गोल गरे। दोस्रो मिनेटमै मेर्फीले टिनो लिभ्रामेन्तोको क्रसमा गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए।

एघारौँ मिनेटमा उनैले गोल गरेपछि लेस्टर २–०ले पछि परेको थियो। गत डिसेम्बरमा पनि मेर्फीले लेस्टरविरुद्धको खेलमा दुई गोल गरेका थिए। ३४औं मिनेटमा लेस्टरका पूर्व खेलाडी हार्भी बर्नेसले टिमका लागी तेस्रो गोल थपे । 

उनले गोलको खुशी भने मनाएनन् । दोस्रो हाफमा लेस्टरले गोलका केही मौका पाए पनि सदुपयोग गर्न सकेन्। लेस्टर, इङलिस फुटबल लिगको इतिहासमा घरेलु मैदानमा विना गोल गर्दै लगातार आठ खेलमा हार बेहोर्ने पहिलो टिम बनेको छ।

१९औं स्थानमा रहेको लेस्टरको ३१ खेलबाट १७ अंक छ। न्युक्यासल भने म्यानचेस्टर सिटीलाई उछिन्दै तालिकाको पाँचौ स्थानमा छ। उसको ३० खेलबाट ५३ अंक छ। छैटौ स्थानको सिटीको ५२ अंक छ। 

यो खेलमा लेस्टर सिटीका प्रशिक्षक रूड भान निस्टलरोयले १५ वषिर्य जेरेमी मोङलाई सब्सिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गराएका थिए उनी प्रिमियर लिग खेल्ने दोस्रो कम उमेरका खेलाडी हुन्।

प्रतिक्रिया