नवलपरासी, पश्चिम : पश्चिम नवलपरासीका विभिन्न सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको संरक्षण तथा वन डढेलो नियन्त्रण गर्ने उद्देश्यले पोखरी निर्माण गरिएको छ।
वन क्षेत्रमा पानीको अभाव हुँदा गर्मीयाममा वन्यजन्तुहरू बस्तीतर्फ झर्ने तथा डढेलो लाग्ने जोखिम न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका विभिन्न सामुदायिक वनमा ११ वटा पोखरी निर्माण गर्न थालेको हो ।
जिल्लामा ६२ वटा सामुदायिक वन रहेको मध्य ३७ वटा सामुदायिक वन क्रियाशील रहेका छन्।
निर्माण गरिएका पोखरीहरूले वन्यजन्तुहरूलाई पानीको सहज उपलब्धता गराउनुका साथै वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको मूलपानि सामुदायिक वनका अध्यक्ष यज्ञ पाण्डेले बताए।
पानीको स्रोत अभावका कारण हरेक वर्ष वन्यजन्तुहरू मानव बस्तीमा प्रवेश गर्ने समस्या बढ्दै गएको थियो।पोखरी निर्माणपछि वन्यजन्तुलाई वनभित्रै रोक्न मद्दत गर्ने विश्वास लिइएको छ।
वनमा लाग्ने डढेलो लागेका बेला पानीको स्रोत नजिकै हुँदा आगो नियन्त्रण गर्न प्रभावकारी हुने डिभिजन वन कार्यालयले जनाएको छ। वन संरक्षणसँगै जैविक विविधता जोगाउने लक्ष्यसहित यो आर्थिक बर्ष ११ वटा पोखरी विस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख राजु क्षेत्रीले बताए।
पोखरी निर्माणले वन संरक्षणसँगै जैविक विविधता जोगाउने साथै वन्यजन्तु पानीको खोजीमा मानव बस्ती प्रवेश गर्ने क्रम घट्ने र वन डढेलोबाट हुने क्षति समेत कम हुने विश्वास लिइएको छ।पोखरी निर्माणले जैविक विविधता संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार