काठमाण्डौ : गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको शेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पारेका छन् ।
आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा गरिएको टिकाटिप्पणीबारे स्पष्ट पार्दै मन्त्री गुरुङले त्यस सम्बन्धि विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताएका छन् ।
मन्त्री गुरुङको सचिवालयले उक्त विषयमा प्रष्ट पार्दै भनेको छ, 'सबै शेयर एउटै प्रकृतिका हुँदैनन्, धितोपत्र बजारमा कारोबार हुने सेयर दुई करोडभन्दा बढी लगानी रहेको सम्पत्ति विवरणमै स्ष्ट छ ।'
त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको मन्त्री गुरुङको सचिवालयले स्पष्ट पारेको छ ।
त्यस्तै उनले मन्त्री हुनुअघि सेयर किनियो भनेर बाहिर नकारात्मक धारणा बनाएकोप्रति असहमति जनाउँदै शेयर लगानी गर्नु अपराध नभएको बताए । साथै कारोबार बैङ्किङ च्यानलमार्फत भएको र बैङ्कबाट गएको पैसाको सबै हिसाब स्पष्ट रहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार