Listen LIVE

‘माया बस्यो’ पाकिस्तानी सेलिब्रेटीको भिडियो सार्वजनिक

काठमाण्डौ : गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको माया बस्यो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको गीतमा शब्द र संगीत डा.एलिया सोयव र सुरेश लामाको रहेको छ । गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा एलिया र सुरेशको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ । निर्मल कुमार लामा ( बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक लामाको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई २ लाख बढी दर्शकले हेरेका छन् भने भिडियोमा २० हजार लाइक्स र १४ हजार बढी कमेन्ट प्राप्त भएको छ ।

डा. एलिया सोयव चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल हुन् । टिकटकमा एक करोड १५ लाख फलोअर्स रहेकी एलियाको स्न्यापच्याटमा एक करोड ५० लाख, इन्टाग्राममा ५ लाख, युट्युवमा एक लाख सस्क्राइबर रहेका छन् ।

उनी गायक सुरेश लामाको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ पनि अति नै लोकप्रिय छिन् । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । डा. एलिया नेपाल र नेपालीलाई मनैदेखि माया गर्छिन् ।

प्रतिक्रिया