नेपालगञ्ज : बाँके डान्सिङ स्टार, २०८१ को उपाधि कोहलपुरका सुप्रिम पाण्डेले जितेका छन् । सहयात्री कला केन्द्रद्वारा आयोजित डान्सिङ स्टारमा विजयी पाण्डेले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।
सहयात्री कलाकेन्द्रका दीपक वर्माका अनुसार २१० जना प्रतिस्पर्धीमध्ये अन्तिम प्रतिस्पर्धामा २० जना पुगेका थिए । प्रतियोगितामा नेपालगञ्जकी गरिश्मा राना दोस्रो र राँझाका सुविका शर्मा तेस्रो भएकी छन् । दोस्रो हुने रानालाई ३० हजार र तेस्रो हुने शर्मालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
2024-08-30
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार